Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितवन-२ मा रवि लामिछाने दोब्बर बढी मतले अगाडि

चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोब्बर बढी मतले अग्रता लिइरहेका छन् ।

पछिल्लो मत परिणामअनुसार २७ हजार ४९४ मत गन्दा रवि लामिछाने ७ हजार ३९२ मतले अग्रस्थानमा छन् ।

उनले १३ हजार ६४१ मत ल्याएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ६ हजार २४९ मत ल्याए ।

यस्तै नेपाली काग्रेसका उमेश श्रेष्ठ ५ हजार ९३५ मत ल्याउँदै तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077