Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अर्जेन्टिनालाई हराएपछि साउदीमा उत्सव, आज सार्वजनिक बिदा

एजेन्सी । अर्जेन्टिनालाई हराएसँगै साउदी अरेबियामा उत्सव घोषणा गरिएको छ ।

फिफा विश्वकप २०२२ अन्तर्गत मंगलबार भएको समूह सीको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

साउदी अरेबियाका राजा सलमानले बुधबार सार्वजनिक बिदाको घोषणा गरेका हुन् । यो बिदा सार्वजनिक र निजी क्षेत्रका सबै कर्मचारीका साथै विद्यार्थीहरुका लागि पनि लागू हुनेछ ।

मंगलबार साउदीले दुईपटकको विश्वविजेता अर्जेन्टिनामाथि ऐतिहासिक जित हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077