Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी निर्वाचित

सुर्खेत । कर्णाली प्रदेशबाट प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस विजयी भएका छन् ।

कांग्रेसका हृदयराम थानी ५ हजार बढी मतान्तरले विजयी भएका हुन् । थानीले ३४ हजार ६२५ ल्याए ।

प्रतिद्वन्द्वी नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार विसीलाई ५ हजार ६७ मतान्तरले पराजित गर्दै थानीले ह्याटि«क जित निकालेका छन् ।

एमालेका विसीले २९ हजार ५५८ मत ल्याए । निर्वाचन अधिकृत कार्यलयका अनुसार ७६ हजार ३५२ मत खसेको थियो । थानी यसअघि ०५६ र २०७० सालका निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077