Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चितवन-२ मा रवि लामिछानेको अग्रता दोब्बरभन्दा बढी

चितवन । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

उनले नेकपा एमालेका कृष्णभक्त पोखरेलसँगको अग्रता दोब्बरभन्दा धेरै बनाएका छन् ।

३० हजार ३१३ मत गनिसक्दा लामिछानेले १४ हजार ८१२ मत ल्याउँदा एमालेका पोखरेल ६ हजार ९७१ मतान्तरले पछाडि परेका छन् ।

उनले ६ हजार ९४१ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ६ हजार ६०८ मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077