ताप्लेजुङ । ताप्लेजुङबाट नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन्।
गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्री (पराग)लाई २०८ मतले पछि पार्दै भट्टराई निर्वाचित भएका हुन् ।
भट्टराईले २१ हजार ९४३ मत प्राप्त गरे भने बुडाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गरेका छन् ।
एमालेका भट्टराई लगातार दोस्रो पटक ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएर संघीय संसद प्रवेश गर्ने बाटो खोलेका छन् ।
ताप्लेजुङमा यस पटक कुल ८८ हजार २८५ मतदाता रहेकोमा आईतबार सम्पन्न निर्वाचनमा ४८ हजार ३५५ मत खसेको थियो ।