Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रोल्पाको प्रदेश सभा (ख) मा बागी उम्मेदवार पुन विजयी

    रोल्पाको प्रदेश सभा (ख) मा बागी उम्मेदवार पुन विजयी

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 612
    SHARES

    रोल्पा । रोल्पाको प्रदेशसभा १ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन विजयी भएका छन् ।

    उनले नेपाली कांग्रेसका प्रदेश सभापति समेत रहेका सत्ता गठबन्धनका अमरसिंह पुनलाई पराजित गरेका हुन् ।



    नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि बागी उठेका दीपेन्द्रले १४ हजार ९२७ मत ल्याए । कांग्रेसका अमरसिंहले १० हजार ४०६ मत प्राप्त गरे ।



    गठबन्धनबाट टिकट नपाएपछि माओवादीको पोलिट ब्युरो सदस्य तथा रोल्पा इन्चार्जबाट राजीनामा दिएर उनी बागी उम्मेदवार बनेका थिए । उनी यस अघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार