Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • होस्टेलमा मृत भेटिइन् १७ वर्षीया युवती

    होस्टेलमा मृत भेटिइन् १७ वर्षीया युवती

    अनलाइन नेपाल
  • बुधबार, ८ असार २०७९
  • 855
    SHARES

    फाइल फोटो

    रोल्पा । रोल्पामा एक किशोरी मृत फेला परेकी छिन् । रुन्टीगढी गाउँपालिका–५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक मृत फेला परेकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृतक विक घरेलु तथा साना उद्योग विकास कार्यालय रोल्पाले सञ्चालन गरेको ब्युटी पार्लर तालिममा सहभागी हुन सदरमुकाम लिवाङ आएकी र उनी सोही कार्यालयको रोल्पास्थित होस्टेलमा बसेकी थिइन्।



    उनी सुतेको कोठामा सर्प देखिएको र सर्पले टोकेको जस्तो घाउ पनि देखिएकाले सर्पले टोकेको हुन सक्ने आशंका प्रहरीको छ । शव पोस्टमर्टमका लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताएका छन्।



    भिसेरा परीक्षणका लागि काठमाडौंस्थित विधि विज्ञान प्रयोगशालामा पनि पठाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार