Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रौतहटमा आगलागी हुँदा तीन बालबालिकाको जलेर मृत्यु

रौतहट । रौतहटमा आगलागी हुँदा तीन बालबालिकाको जलेर मृत्यु भएको छ । सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा–डसना पसलमा आगलागी हुँदा बुधबार राति उनीहरुको मृत्यु भएको हो ।

गौर नगरपालिका–१ मा रहेको कपडा पसलमा आगलागी हुँदा स्थानीय इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी रौतहटले जनाएको छ ।

आगलागीमा गम्भीर घाइते तीनै जनालाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ ।

आगलागीमा परी इस्लामका भतिजा महम्मद इसराइल मन्सुरी, महम्मद इमरान र नसिमा खातुन भाइते भएका छन् । घाइतेको गौर अस्पतालमा उपचार भइरहेको छ ।

पसलसँगै रहेको घरमा राखिएको कपासमा विद्युत् सर्ट भई आगो लागेको अनुमान गरिएको छ । आगलगीमा मृत्यु भएकाको शव गौर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077