Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ललितपुर ३ बाट प्रतिनिधिसभामा तोसिमा कार्की विजयी

    ललितपुर ३ बाट प्रतिनिधिसभामा तोसिमा कार्की विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 828
    SHARES

    काठमाडौं । ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छिन् ।

    नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् ।



    बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाइन् ।



    खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्रीसमेत रहेकी भुसालले ८ हजार ७६९ मत पाइन् । यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट विजयी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार