Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रवि लामिछाने भारी मतान्तरका साथ निर्वाचित, औपचारिक घोषणा बाँकी

चितवन । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतान्तरका साथ निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको अन्तिम परिणाम सार्वजनिक गर्न बाँकी नै रहे पनि रविले फराकिलो जित हासिल गरेका हुन् ।

पछिल्लो विवरण अनुसार सो क्षेत्रमा ४ हजार ३३७ मत गणना गर्न बाँकी रहे पनि रविले ३१ हजार ५२८ मतको अग्रता लिएका छन् ।

रवि लामिछानेले ४५ हजार ९३४ मत प्राप्त गरे । दोस्रो स्थानमा नेपाली कांग्रेसका उमेश श्रेष्ठ छन् । उनले १४ हजार ४०६ मत प्राप्त गरे ।

तेस्रो स्थानमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ५६ मत प्राप्त गरेका छन् । हालसम्म ७९ हजार २५९ मत गणना भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077