मोरङ । मोरङको क्षेत्र नं ६(१) बाट माओवादी केन्द्रका नेता जीवन आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार रीता न्यौपानेलाई १ हजार ८ सय ८२ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
आचार्यले १९ हजार ४५४ मत ल्याएर विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी न्यौपानेले १७ हजार ५७२ मत पाएकी छिन् ।
२०७४ सालको निर्वाचनमा आचार्य काँग्रेसका चुमन सरदारसँग पराजित भएका थिए ।
आचार्य नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ हुन् । ०७४ को निर्वाचनमा आचार्य यहीं क्षेत्रमा पराजित भएका थिए ।