Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जीतपछि माधव नेपालले भने – निर्वाचनमा अपेक्षा गरेभन्दा फरक नतिजा आयो

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा अपेक्षा गरेभन्दा फरक नतिजा आएको बताएका छन्।

रौतहटको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले निर्वाचनमा आफूले सोचेको भन्दा कम नतिजा आएको र नतिजाले शिक्षा दिएको बताए।

उनले आगामी दिनमा निर्वाचनको परिणामको मूल्याङन गर्दै भएका कमिकमजोरी सुधार गरी अघि बढ्ने धारणा राखे। उनले अबको सरकार कस्को बन्छ भनेर अहिले नै भन्न नसकिने भन्दै समयको माग अनुसार बन्न सक्ने बताए।

उनले जनताले आफूलाई इमान्दारिता र निष्ठापूर्वक नै हेरेकाले जनताको विश्वासलाई पूरा गर्ने जिकिर गरे। अध्यक्ष नेपालले ३३ हजार पाँच सय २२ मत ल्याएर विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार नौ सय २२ मतप्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077