Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बारा १ (१) मा जसपाका सरोज यादव पुनः निर्वाचित

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का सरोजकुमार यादवले बारा क्षेत्र नं- १  (१)को प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

यादव चार हजार आठ सय सतासी मतको फराकिलो अन्तरले निर्वाचित भएका हुन्।

मधेस प्रदेशका निवर्तमान सभामुख समेत रहेका यादवले १५ हजार नौ सय २७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नागेन्द्र साह कानुले ११ हजार ४० मत प्राप्त गरे।

यादव प्रदेशसभामा निर्वाचित भएको दोस्रो पटक हो। यसअघि २०७४ सालको निर्वाचनमा यादव तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (लोसपा) बाट १४ हजार दुई सय ६९ मत प्राप्त गर्दै निर्वाचित भएका थिए।

अघिल्लो पटक राजपाबाट निर्वाचित भएका यादव जसपा प्रवेश गरेका यसपटक निर्वाचन लडेका थिए। उनी मधेस प्रदेशका निवर्तमान सभामुख हुन्। यादवले यसपटक मुख्यमन्त्रीको दावी गरेका छन्।

यो संगै जसपाले बाराबाट प्रदेशसभामा दुई सिट जितेको छ। यसअघि २९२० मा जसपाका बच्चा राउत अहिर निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077