Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काभ्रे २ मा एमालेका गोकुल बाँस्कोटा फराकिलो मतान्तरले विजयी

काठमाडौं । काभ्रेपलाञ्चोक २ मा नेकपा एमालेका नेता गोकुल बास्कोटा विजयी भएका छन्।

कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईंलाई पराजित गर्दै एमालेका बास्कोटा निर्वाचित भएका हुन्।

बास्कोटाले ४५ हजार ३४५ मत ल्याउँदा हुमागाईंले ३९ हजार ४८२ मत ल्याए। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५७३ मत प्राप्त गरे।

अघिल्लो पटक ०७४ मा पनि बास्कोटा यही क्षेत्रबाट निर्वाचित भएका थिए। ५५ हजार ५२६ मतसहित विजयी भएका उनी धेरै मतान्तरसहित विजयी हुनेमा थिए।

यो क्षेत्रमा १६ जना प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077