Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रचण्डले लिए गोरखा-२ बाट निर्वाचित प्रमाणपत्र

गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचित प्रमाणपत्र बुझेका छन् ।

शुक्रबार गोरखा पुगेर उनले निर्वाचित प्रमाणपत्र बुझेका हुन् । उनलाई जिल्ला निर्वाचन अधिकृतले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

प्रचण्ड बिहीबार फराकिलो मतान्तरले गोरखा २ बाट विजयी भएका थिए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनौती दिएका थिए । तेस्रो स्थानमा एमालेका अब्दुस मिया रहे ।

गोरखा २ को प्रदेश सभा सदस्यमा निर्वाचित भएका सुरेन्द्र पाण्डे र फणिन्द्र देवकोटाले पनि प्रमाणपत्र बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077