Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म माथि लगाइएका आरोपलाई काभ्रेका जनताले खारेज गरिदिए : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमाले नेता गोकुल बाँस्कोटाले आफूमाथि लगाइएका आरोपलाई जनताको इजलासले खारेज गरेको दाबी गरेका छन् ।

काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुक्रबार बनेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूमाथि मिथ्या आरोप लागेको भन्दै काभ्रेली जनताले त्यसलाई खारेज गरिदिएको बताएका हुन् ।

काभ्रे २ बाट निर्वाचित भएपछि भएपछि उनले काभ्रेको विकास निर्माणका लागि आफूसँग पराजित भएकाहरूसँग पनि हातेमालो गरेर काम गर्ने बताए ।

अबको लडाईं राजनीतिक रूपमा भन्दापनि मुलुकको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘हामीलाई न्याय र विश्वास गर्नका लागि जनताले साथ दिनुभएको छ । राजनीतिमा गठबन्धन गर्ने पाउँदैनन् भन्ने होइन । गठबन्धन देशको लागि उपयुक्त र महत्वपूर्ण होइन ।’

गोकुलले गठबन्धनले कसलाई क्षति पुर्‍याएको वा नपुर्‍याएको आत्मसमीक्षा गर्नुपर्ने बताए । बास्कोटाले आफूमाथि लाग्दै आएको ७० करोड घूस मागेको आरोप जनअदालतले खारेज गरिदिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077