Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

गोरखामा प्रचण्डले भने - राजनीतिक नेतृत्वले आत्मसमीक्षा नगरे देश अप्ठेरोमा पर्न सक्छ

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशभरको चुनावी परिणाम अपेक्षा गरे अनुसार नआएको बताएका छन् ।

विजयी उम्मेदवारहरुलाई बधाई तथा शुभकामना दिन गोरखा सदरमुकाममा आयोजित सभामा प्रचण्डले अपेक्षा गरेअनुसार परिणाम नआएको बताएका हुन् ।

प्रचण्डले निर्वाचनका क्रममा एजेन्डा नभएर आवेगमा देशलाई र भावावेशमा मानिसलाई भ्रमित पार्ने संकेत देखा परेको बताए ।

उनलेले यो परिस्थितिको राजनीतिक दल र नेताहरूले एक चोटी आफैतिर फर्किएर सोच्नुपर्ने अवस्था आइलागेको बताए ।

प्रचण्डले भने, ‘अपेक्षा अनुसार नतिजा आएन । गठबन्धन दलहरुले केहि गृहकार्य गर्नुपर्ने देखिएको छ । जस्तो परिणामको अपेक्षा थियो । अब काठमाडौं गएपछि गठबन्धनको बैठक बस्नुपर्नेछ ।’

परिवर्तनको रक्षामा गोरखाली जनताले रक्षा गर्न अपील गरे । राजनीतिक दलहरुले आत्मसमीक्षा गर्न जरुरी रहेको उनको भनाइ छ।

उनले भने,'अहिले नै सबै बर्बाद भयो भन्ने केही पनि छैन, राजनीतिक दलहरुले गम्भीररुपमा आत्मसमीक्षा गर्नुपर्ने देखियो। जनताको निम्ति समर्पित हुने नीति तथा कार्यक्रम ल्याएनौं भने देश अप्ठ्यारोमा पर्छ। देश भुमरीमा पर्न सक्छ।'

विचार र सिद्धान्तको अवमुल्यन हुने खतरा देखा परेको भन्दै राजनीतिक नेतृत्वले सोच्नुपर्ने अवस्था आएको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077