Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेवातालमा पौडी खेल्दा बेपत्ता युवती मृत अवस्थामा फेला

काठमाडौं । फेवातालमा तालमा डुङ्गामा चढिरहेको अवस्थामा लाइफ ज्याकेट खोली पौडी खेल्ने क्रममा बेपत्ता भएकी एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

पोखरा महानगरपालिका–२२ स्थित फेवातालमा रामेछाप घर भई हाल काठमाडौं बस्ने वर्ष २५ वर्षीया अस्मिता खत्री शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् ।

गत आइतबार फेवा तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी उनको वडा प्रहरी कार्यालय बैदाम र डिएम गोताखोर समेतको संयुक्त टोलीले खोजी गर्ने क्रममा शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077