Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रवि लामिछाने भन्छन् - अब आवश्यक परे गठबन्धन गर्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार निर्माणका लागि गठबन्धन गर्नसक्ने संकेत गरेका छन् ।

शुक्रबार चितवनमा विजयी भएको प्रमाणपत्र बुझ्दै लामिछानेले चुनावको बेला कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा पार्टीले गठबन्धन गर्नसक्ने बताएका हुन् ।

‘हामीले चुनावमा कसैसँग तालमेल वा गठबन्धन गरेनौं,'उनले भने,‘भोलि देश हितका लागि आवश्यक पर्‍यो भने हामी साथ दिन तयार छौं।’

जारी मतगणनाले सत्ता गठबन्धन र नेकपा एमाले दुवैको बहुमत नपुग्ने परिस्थिति बन्दै गएको छ । लामिछाने नेतृत्वको पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ सिट जितिसकेको छ भने समानुपातिक तर्फ ६ लाख मत कटाइसकेको छ ।

लामिछानेले आफूलाई जिताएको भन्दै चितवनवासीलाई धन्यवाद दिँदै जनताको विश्वासलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077