Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार, सम्मान र उपहार ग्रहण नगर्ने घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको उल्लेख गरेका छन् ।

उनले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् ।

सामाजिक सञ्जालमार्फत जनाकारी दिँदै सभापति लामिछानेले आजदेखि खुसियाली मनाउने दिन सकिएको घोषणा गरेका छन् ।

लामिछानेले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने दाबी गर्दै संघसंस्थाको उद्घाटन, आसन ग्रहणमा सहभागी नहुने बताएका छन् ।

लामिछानेले राजनीतिक भेटघाट र पार्टीको महत्वपुर्ण कामका लागि आज साँझ काठमाडौं जाने उल्लेख गर्दै केही दिनमा नै चितवन २ मा आफ्नो कार्यालय खोलेर यहाँका नागरिकको सेवामा समर्पित हुने प्रतिवद्धता जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077