Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गिरिराजमणि पोखरेललाई हराउँदै महोत्तरी-१ बाट एमालेका लक्ष्मी महतो निर्वाचित

महोत्तरी । महोत्तरी क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गर्दै महतो विजयी भएका हुन् ।

प्रतिनिधिसभामा निर्वाचित नेकपा एमाले–जसपा गठबन्धनका महतोले २३ हजार ४०२ मत प्राप्त गरे । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेलले २२ हजार ३७२ मत ल्याए ।

यो क्षेत्रमा लामो समयदेखि पोखरेल जित्दै आएका थिए । उनी ०६४, ०७० र ०७४ मा यही क्षेत्रबाट लगातार विजयी भएपनि यो पटक एमालेले उनको जितमा ब्रेक लगाउन सफल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077