Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कमल थापा भन्छन्– चुनाव हारेर मेरो हिन्दु रास्ट्र बनाउने सपना कमजोर भयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो पराजयका कारण नेपाललाई हिन्दू राष्ट्र बनाउने सपना कमजोर भएको बताएका छन्।

उनले आज बिहाल सामाजिक संजालमा चुनाव हारेर आफ्नो हिन्दु रास्ट्र बनाउने सपना कमजोर भएको बताएका छन् ।

उनले लेखेका छन् ‘ चुनाव हारेर मैले व्यक्तिगतरुपमा केही गुमाएको छैन।नेपाललाई सर्वधर्म समभाव सहितको हिन्दुराष्ट्र बनाउने सपना कमजोर भएकोमा दुःखी छु । मैले हेटौंडालाई राजधानी त बनाएँ । तर,काठमाडौं जोड्ने सुरुङमार्ग,नयाँ औद्योगिक क्षेत्र,चक्रपथ बनाउने, हेटौंडा हस्पिटलको स्तरोन्नति गर्ने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता छ ।’

थापा राप्रपाका दीपक सिंहसँग पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077