Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झापाबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

काठमाडौं । झापामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चार युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-७ निवासी २४ वर्षीय मीनबहादुर उप्रेती, सोही ठाउँका २४ वर्षीय अमृत सुन्दास,

मेचीनगर-८ निवासी २० वर्षीय सुसन राजवंशी र बुद्धशान्ती गाउँपालिका-१ निवासी ३२ वर्षीय अर्जुन तामाङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ चेकजाँचको क्रममा उनीहरूलाई मेचीनगर९७ बाट ४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

ब्राउन सुगरसहित पक्राउ परेका चारैजनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077