Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्रोत नखुलेको झण्डै १४ लाख नगदसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको १३ लाख ८९ हजार रुपैयाँ नगदसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले आइतबार बुद्ध एयरको विमानबाट काठमाडौंदेखि विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।

उनको साथबाट एक हजार दरका चार सय ८४ थान र पाँच सय रुपैयाँ दरका एक हजार आठ सय १० थान गरी जम्मा १३ लाख ८९ हजार रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

अलीमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077