Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपाल भन्छन् - म रौतहट र प्रचण्डजी गोरखा नगएको भए गाह्रो पर्ने रहेछ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले रौतहट नगएको भए आफू नै चुनाव हार्ने बताएका छन् ।

रौतहटबाट चुनाव जितेर काठमाडौं फर्किएपछि आइतबार सुविधानगरस्थित पार्टी केन्द्रीय कार्यालयमा कार्यकर्ताबाट बधाई थाप्दै अध्यक्ष नेपालले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनले रौतहट क्षेत्र नम्बर १ मा नगएको भए आफूलाई पराजित गर्ने खेल हुने देखिएको बताए । २०७४ मा काठमाडौं–२ बाट भारी मतान्तरले निर्वाचित भएका नेपाल यसपटक भने चुनाव लड्न रौतहट गएका थिए ।

‘रौतहट नगएको भए मलाई नै उछिट्याइदिने रहेछन् । प्रचण्डजी गोरखा नजानुभएको भए उहाँलाई पनि गाह्रो पर्ने रहेछ,' उनले भने ।

नेपाललाई भेट्न गएका नेता कार्यकर्ताहरुले समानुपातिक तर्फ पार्टीको थोरै मत आएको भन्दै चिन्ता गरेका थिए ।प्रतिनिधिसभा सदस्यमा रौतहट १ बाट निर्वाचित भएका नेपालले नेकपा एमालेका अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077