Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले सरकारको नेतृत्व नगर्दासम्म देशले सही निकास पाउँदैन : विष्णु पौडेल

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनबाट कसैको बहुमत नआउनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा सोमवार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले यस्तो बताएका हुन् । उनले बहुमत नपाए पनि एमालेले सरकारको नेतृत्वका लागि पहल गर्ने बताए ।

उनले भने, ‘कुनै दलको प्रतिकूल प्रभाव, अस्थिरताको चक्रब्यूहमा फस्ने, कुनै न कुनै दलको बहुमत आउनुपर्थ्यो, नेकपा एमालेले सरकारको नेतृत्व नगर्दासम्म देशले सही निकास पाउँदैन ।’

रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेलले एमालेले मात्रै देशलाई सही ढंगले अघि बढाउन सक्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077