Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानमन्त्री देउवासँग प्रचण्ड र माधव नेपालको छुट्टाछुट्टै भेट

काठमाडौं । एक साताअघि सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणाम आउँदै गर्दा सत्ता गठबन्धनका नेताहरूबीच भेटघाटको दौडधुप बढेको छ ।

यसैक्रममा आज प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन्।

आज बिहान बालुवाटार पुगेर उनीहरूले प्रधानमन्त्री देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्। अहिलेकै पाँच दलीय गठबन्धनबाट नयाँ सरकार बनाउने जमर्को उनीहरूको छ।

शनिबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच अहिलेकै गठबन्धनले नयाँ सरकार बनाउनेबारे समझदारी बनेको थियो।

बालुवाटार स्रोतका अनुसार आज बिहान एकीकृत समाजवादीका अध्यक्ष नेपाल र माओवादी अध्यक्ष प्रचण्डले देउवासँग छुट्टाछुट्टै कुराकानी गरेका हुन्।

उनीहरूबीच चुनावी परिणामको समीक्षा, समसामयिक राजनीति र भावी सरकारका विषयमा कुराकानी भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077