Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभाका १५८ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ७ स्थानमा बाँकी

काठमाडौं । प्रतिनिधि सभाका १ सय ६५ क्षेत्र मध्ये १ सय ५८ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।

अब ७ वटा निर्वाचन क्षेत्रको मात्रै नतिजा आउन बाँकी रहेको छ । मत गणना जारी रहेका दुई क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले एक–एक स्थानमा अगाडि रहेका छन् ।

धनुषा ४ मा कांग्रेस र सुनसरी ३ मा एमाले उम्मेदवारहरू अगाडि रहेका छन् । अस्तिदेखि मतगणना अवरुद्ध भएको परराष्ट्रमन्त्री डा। नारायण खड्का उम्मेदवार रहेको उदयपुर–१ र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहको सुनसरी–४ मा भने अझै मतगणना सुचारू हुन सकेको छैन ।

दोलखा, बाजुरा र स्याङ्जा २ मा भने मत गणना सुरू हुन नै बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077