Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपाल र प्रचण्डबीच भेटवार्ता जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच अहिले भेटवार्ता जारी छ ।

ललितपुरको हात्तीवनमा उनीहरूबीच छलफल जारी रहेको स्रोतले जानकारी दिएको छ ।

एक साताअघि सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणाम आउँदै गर्दा सत्ता गठबन्धनका नेताहरूबीच भेटघाटको दौडधुप बढेको छ ।

यसअघि, आजै बिहान प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा र प्रचण्डबीच बालुवाटारमा डेढ घण्टा छलफल भएको थियो । प्रचण्ड बालुवाटारबाट निस्किएलगत्तै अध्यक्ष नेपाल देउवासित छलफल गर्न बालुवाटार पुगेका थिए ।

निर्वाचनको नतिजा सार्वजनिक हुँदै गर्दा नेताहरूबीच भेटघाट र छलफलले तीव्रता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077