Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • माधव नेपाल र प्रचण्डबीच भेटवार्ता जारी

    माधव नेपाल र प्रचण्डबीच भेटवार्ता जारी

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच अहिले भेटवार्ता जारी छ ।

    ललितपुरको हात्तीवनमा उनीहरूबीच छलफल जारी रहेको स्रोतले जानकारी दिएको छ ।



    एक साताअघि सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणाम आउँदै गर्दा सत्ता गठबन्धनका नेताहरूबीच भेटघाटको दौडधुप बढेको छ ।



    यसअघि, आजै बिहान प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा र प्रचण्डबीच बालुवाटारमा डेढ घण्टा छलफल भएको थियो । प्रचण्ड बालुवाटारबाट निस्किएलगत्तै अध्यक्ष नेपाल देउवासित छलफल गर्न बालुवाटार पुगेका थिए ।

    निर्वाचनको नतिजा सार्वजनिक हुँदै गर्दा नेताहरूबीच भेटघाट र छलफलले तीव्रता पाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार