Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काश्मिरको निलम उपत्यकामा जीप खस्दा ६ जनाको मृत्यु

एजेन्सी । मतदाता बोकेका एक जीप पाकिस्तान–नियन्त्रित काश्मिर पीओकेको निलम उपत्यकामा नालामा खस्दा छ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएकाछन् ।

घटनामा परी मृत्यु हुनेमा छ जना महिला रहेका स्थानीय प्रहरीले जनाएको छ ।

दुधनियालको छारी इलाकामा आइतबार दिउँसो करिब १२ः३० बजे जीप तीन सय फिट गहिरो सुख्खा नालामा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटना घाइते भएकाको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।

यात्रुहरू निलम खोलाको छेउमा रहेको ठण्डा पानी गाउँका बासिन्दा रहेका र नजिकैको मतदान केन्द्रमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077