Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गठबन्धनभित्र ‘पावर सेयरिङ’ बैठक तीब्र

    गठबन्धनभित्र ‘पावर सेयरिङ’ बैठक तीब्र

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । आमनिर्वाचन परिणाम आउँदै गर्दा राजनीतिक दौडधुप झनै तीव्र हुन थालेको छ । सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख चयन प्रक्रियासमेत अघि बढाउने तयारी भएको छ ।

    नयाँ जनादेशअनुसार पहिले नयाँ सरकार गठन गर्नुपर्ने भएपछि गठबन्धन आबद्धलगायत दल ‘सत्ता जोडघटाउ’मा लागिसकेका छन् । जोडघटाउमा नयाँ प्रधानमन्त्रीदेखि राष्ट्रपति चयनसम्मका विषय जोडिएका छन् ।



    परिणामअनुसार संसद्मा कुनै पनि दलको ‘एकल बहुमत’ नपुग्ने पक्का भएपछि बहुमतीय आधारमा सरकार गठन प्रक्रिया अघि बढ्नेछ ।



    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग नयाँ राजनीतिक कोर्स छलफल गरेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार