Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तराईमा हुस्सु र कुहिरो, आन्तरिक र बाह्य दुवै उडान ठप्प

काठमाडौं । तराईका भू–भागमा आज बिहान हुस्सु/कुहिरो लागेको छ । हुस्सु/कुहिरो लाग्दा चिसो बढेको छ ।

जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रहसमेत गरेको छ ।

हुस्सु र कुहिरोका कारण सवारी साधन सञ्चालनमा समेत बिहानको समयमा कठिनाइ हुने गरेको छ । मंगलबार बिहान देशका पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै पहाडी क्षेत्र र तराईका जिल्लामा कुहिरो लागेकाले भिजिबिलिटी घटेको छ ।

काठमाडौंको बिहानको भिजिबिलिटी ५ सय मिटरमा झरेको छ । कुहिरो हट्न थालेसँगै बिस्तारै भिजिबिलिटी बढ्न थालेको छ । तर, विमान उडान र अवतरण हुने गरी अझै मौसम खुलेको छैन । भिजिबिलिटी घटेकाले अहिले आन्तरिक र बाह्य दुवै उडान ठप्प भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077