Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषध ब्राउन सुगरसहित बर्दियाबाट दुई जना पक्राउ

बर्दिया । लागूऔषध ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका-७ कर्णालीपुरस्थित लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा उनहरुलाई पक्राउ गरिएको हो ।

सीमावर्ती भारतबाट लुकाइछिपाइ ल्याएको ३ ग्राम १ सय ९० मिलिग्राम ब्राउन सुगरसहित मधुवन नगरपालिका-८ का गणेश चौधरी र कृष्ण थारुलाई जाँचका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूलाई नियन्त्रणमा लिई लागूऔषध कारोबारमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077