Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माधव नेपालले भने - तत्काल वामपन्थी सरकार बन्ने सम्भावना छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारको नेतृत्वबारे अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् ।

आज बसेको सचिवालय बैठकपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामीले निर्वाचनको बारेमा समीक्षा गर्‍यौँ । खास गरी इलाम र उदयपुरको बारेमा छलफल गरेका छौँ ।

इलाममा अनेकौँ खालका विसङ्गतिहरू देखिएका छन् । हामीले इलामको बारेमा पुन मतदानको लागि कानुनी बाटोमा जानेबारेमा छलफल गरेका छौँ।’

अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिको विषयमा पनि आफूहरूले गम्भीर छलफल गरेको बताए। इलाम १ बाट नेकपा एसका सम्मानित नेता झलनाथ खनाल एमालेका महेश बस्नेतसँग पराजित भएका थिए।

उनले आफूलाई धाँधली गराएर हराएको भन्दै कानुनी उपचारको बाटोमा जाने बताउँदै आइरहेका छन्।

यस्तै, देश अझै दक्षिणपन्थी बाटोमा जान सक्ने भएकाले सतर्क हुनुपर्नेबारे गठबन्धन दलमा छलफल गरेको अध्यक्ष नेपालले बताए।

उनले वाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना नदेखेको प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077