Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पुरुष विश्वकप फुटबलमा पहिलो पटक प्रमुख रेफ्रीको जिम्मेवारी महिलालाई

काठमाडौं । फिफा पुरुष विश्वकपको इतिहासमा पहिलो पटक प्रमुख रेफ्रीको जिम्मेवारी महिलालाई दिइने भएको छ।

कोस्टारिका र जर्मनीबिच बिहीवार हुने समूह चरणको खेलमा रेफ्रीको जिम्मा महिला रेफ्री टोलीले लिनेछ।

उक्त टोलीका सबै सदस्य महिला हुने छन् भने टोलीलाई स्टेफनी फ्रेप्पार्टले नेतृत्व गर्नेछिन्। त्यतिमात्रै नभई फ्रेप्पार्ट पुरुष विश्वकपमा रेफ्री हुने पहिलो महिला हुनेछिन्।

गत मंगलवार मेक्सिको र पोल्याण्डको खेलका लागि ‘फोर्थ अफिसियल’ बनेपछि फ्रान्सकी फ्रेप्पार्ट प्रतियोगितामा पहिलो महिला अधिकारी बनेकी थिइन्।

अल बायेत स्टेडियममा फ्रेप्पार्टलाई बिहीवार ब्राजिलकी नेउजा ब्याक र मेक्सिकोकी क्यारेन डियाज मेडिनाले साथ दिनेछन्।

२०१९ को युरोपियन सुपर कपमा लिभरपुल र चेल्सी भिड्दा ३८ वर्षीया फ्रेप्पार्ट युइएफएको प्रमुख पुरुष प्रतियोगितामा रेफ्रीको जिम्मा लिने पहिलो महिला बनेकी थिइन्।

कतारमा प्रमुख रेफ्रीको जिम्मेवारी सम्हाल्नका लागि छानिएका ३६ अफिसियलमध्ये फ्रेप्पार्ट, रुवाण्डाकी सलिमा मुकानसांगा र जापानकी योशिमी यामाशिता पनि रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077