Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

डोटीबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

डोटी । दिपायल डोटीकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

उच्च रक्तस्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका–५ लाना केदारेश्वर कि २७ वर्षीया अमृतादेवी बोहराको आज हेलिकप्टरबाट उद्धार गरिएको बडिकेदार गाउँपालिका–५ का वडासदस्य भीमबहादुर बोहराले बताए।

सोमबार साँझदेखि सुत्केरी बेथा लागेकी बोहराले बच्चा जन्माउन नसकेपछि रन्तोला सामुदायिक स्वास्थ्य इकाई लाना रन्तोलामा लगिएको थियो।

उच्च रक्तस्राव भएपछि उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी विभिन्न निकायको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम ठाउँका गर्भवती तथा सुत्केरी महिलालाई विभिन्न समयमा हेलिकप्टरमार्फत उद्धार गर्ने गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिएकी छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077