Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

झलनाथलाई एमालेको चेतावनी - जथाभावी नबोल्नू, जनताको अभिमतलाई सम्मान गर्नू

इलाम । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पराजयपछि हतास मानसिकता बोकेर जथाभाबी अभिव्यक्ति नदिन नेकपा एमालेले चेतावनी दिएको छ ।

एमालले आफ्नो पार्टीमाथि नेता खनालले लगाएको आरोपलाई ‘पराजित मानसिकताको पराकाष्ठा’ भनेको हो । इलाम क्षेत्र नं १ को मतदानको सुरु प्रकृयादेखि नै गठबन्धनका उम्मेदवार रहेका खनालले एमालेमाथि लगाएको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का संयोजक उदय बहादुर राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘निर्वाचनमा भाग लिएर मतगणना सुरु भई प्रारम्भिक नतिजा आउँदासम्म सबै प्रक्रिया संगत, विधिसम्बत निष्पक्ष, धाँधलीरहित देख्ने र आफू पराजित हुने निश्चित भएपछि अनेक प्रकारका आरोप लगाउनु आफैमा अलोकतान्त्रिक प्रवृत्ति हो’, विज्ञप्तिमा भनिएको छ, ‘अझ देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले यस प्रकारको हर्कत देखाउनु लोकतन्त्रको मेरुदण्ड माथिकै हमला हो ।’

साथै नेता खनाललाई लोकतान्त्रिक अभ्यास तथा जनताको अभिमतलाई सम्मान गर्न भनिएको छ । इलाम १ मा खनाल एमालेका महेश बस्नेतसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077