Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उत्तरी अफगानिस्तानस्थित मदरसामा विस्फोट, १० विद्यार्थीको मृत्यु

एजेन्सी । उत्तरी अफगानिस्तानको एउटा धार्मिक विद्यालय अर्थात मदरसामा भएको एक शक्तिशाली बम बिस्फोटमा कम्तिमा १० जना विद्यार्थी मारिएका छन् ।

सत्तारुढ तालिवान सरकारका अनुसार सामान्गान प्रान्तको एवाकस्थित सो विद्यालयमा भएको बम हमलामा अन्य थुप्रै व्यक्ति घाइते भएका छन् ।

तर, मृतकको सङ्ख्या यकिन भइसकेको छैन । दुईजना प्रान्तीय अधिकारीले भने १७ जनाको ज्यान गएको बताएका छन् ।

अहिलेसम्म यस आक्रमणको कुनै समूहले जिम्मेवारी लिइसकेको छैन । मानिसहरु प्रार्थना गरेर निस्किरहेका बेला बिस्फोट भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077