Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बाजुरा अपडेट : कर्ण थापाभन्दा कांग्रेसका बद्री १०५ मतले अगाडि

बाजुरा । बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन् । उनले नेकपा एमालेका कर्ण थापाभन्दा १०५ मतले खग्रता कायम राखेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार पाण्डले एक हजार ५३४ मतगणना हुँदा ८१६ मत प्राप्त गरे ।

थापाले ७११ मत ल्याउँदै पाण्डेलाई पछ्याइरहेका छन् । यस्तै राप्रपाका जंगकुमार गिरीले ५ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले २ मत पाए ।

जसमा ४० मत बदर भएको बताइएको छ । बाजुरामा विवादका कारण रोकिएको मतगणना बिहीबार अपराह्नदेखि जारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077