Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सप्तरीमा १३८ उमेदवारको जमानत जफत

    सप्तरीमा १३८ उमेदवारको जमानत जफत

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 702
    SHARES

    सप्तरी । सप्तरीमा मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १३८ उमेदवारको जमानत जफत भएको छ ।

    १७६ उमेदवार चुनावी प्रतिस्पर्धामा रहेकोमा प्रतिनिधिसभा सदस्यतर्फ ५८ र प्रदेशसभामा ८० गरी कूल १३८ उमेदवारको जमानत जफत भएको हो ।



    प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा १७, क्षेत्र नम्बर २ बाट १३, ३ बाट १५ र क्षेत्र नम्बर ४ बाट १३ जना गरी ५८ जना प्रतिनिधिसभा सदस्यका उमेदवारको जमानत जफत भएको छ ।



    प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर १(क) मा ८ र (ख) मा ७, क्षेत्र नम्बर २ को (क) मा १४, (ख) मा ११, क्षेत्र नम्बर ३ को (क) मा १५ र (ख) मा ८, क्षेत्र नम्बर ४ को (क) मा ९, (ख) मा ८ उमेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

    चार प्रतिनिधिसभा र १२ प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा विजयी भएका उमेदवारसहित ३८ जना उमेदवारले मात्रै जमानत जोगाउन सफल भएका छन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार