Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ४० दलले गुमाए धरौटी

    ४० दलले गुमाए धरौटी

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 504
    SHARES

    काठमाडौं । गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचन क्रममा कुल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसकेका ४ हजार २ सय ८५ उम्मेदवारको जमानत जफत भएको छ ।

    निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभातर्फ २ हजार ४ सय ११ र प्रदेशसभामा ३ हजार २ सय २४ गरी ५ हजार ६ सय ३५ उम्मेदवारी परेकोमा दुवैतर्फ गरी ४ हजार २ सय ८५ जनाको जमानत जफत भएको जनाएको हो ।



    आयोगका अनुसार प्रतिनिधिसभातर्फ उम्मेदवार १ हजार ७ सय ७२ पुरुष र १ सय ८९ महिला गरी १ हजार ९ सय ६१ जनाको धरौटी जफत भएको छ । आयोगका अनुसार प्रदेशसभातर्फ २ हजार ८६ पुरुष, २ सय ३७ महिला र एक अन्य गरी कुल २ हजार ३ सय २४ जनाको धरौटी जफत भएको छ ।



    यो संख्या कुल उम्मेदवारको ७६ प्रतिशतभन्दा बढी हो । आयोग प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि तथा प्रदेशसभा दुवैतर्फ गरी ४ हजार २ सय ८५ उम्मेदवारको धरौटी जफत भएको जानकारी दिए ।

    निर्वाचन कानुनअनुसार प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशत पाउन नसक्ने उम्मेदवारको धरौटी जफत हुन्छ । यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि प्रतिनिधिसभामा ४० दलको धरौटी जफत भएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार