Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नामिबियाविरुद्ध नेपालले पहिला ब्याटिंङ गर्ने

काठमाडौं । आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको छ ।

घरेलु टोली नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

यस सिरिजमा नेपाल,नामिबिया तथा स्कटल्याण्डको सहभागीता रहेको छ ।

नेपाल र नामिबिया दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । ती दुवै खेल नामिबियाले जितेको छ ।

७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २७ खेलमा २७ अंकका साथ चौथो स्थानमा रहेको छ ।

नामिबियाविरुद्ध रोहित पौडेलको कप्तानीमा दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ सेख, सोमपाल कामी, अर्जुन साउद, गुलशन झा, आरिफ सेख, कुशल भुर्तेल, सागर ढकाल र ललित राजबंशी खेल्दै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077