Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रवि लामिछानेको नागरिकताको विषयमा प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्र पठाएसँगै प्रहरीले अनुसन्धान सुरू गरेको हो । निर्वाचनकै क्रममा लामिछानेविरुद्ध उनको नागरिकता र राहदानीको विषयमा निर्वाचन आयोगमा उजुरी परेको थियो ।

नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका रविले अमेरिकी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता प्राप्त नगरेको भन्दै आयोगमा उजुरी परेको थियो ।

लामिछानेले मंसिर ४ को चुनावमा पुरानै नागरिकताको प्रयोग गरी उम्मेदवारी दिएका थिए। यस विषयमा निर्वाचन आयोगमा पनि उनीविरूद्ध उजुरी परेको थियो।

आयोगले स्पष्टिकरण सोध्दासम्म मतदान भइसकेको थियो। त्यसपछि उनीविरूद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077