Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनाव हारेपछि पार्टी फुटाएका कमल थापाको पार्टीलाई समानुपातिकमा ३३९१ मत

काठमाडौं । मंसिर ४ गते भएको निर्वाचनको परिणाम प्राय आइसकेको छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशनमा अध्यक्षको चुनाव हारेपछि पार्टी फुटाएका कमल थापाको नयाँ पार्टी राप्रपा नेपालले समानुपातिकतर्फ ३ हजार ३९१ मत मात्रै पाएको छ ।

एमालेको समर्थनमा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका थापा पनि निर्वाचनमा पराजित भएका छन् ।

यता  राजेन्द्र लिङ्देन भने यस्को ठीक विपरित अत्यधिक मत प्राप्त गर्न सफल भएको छ ।

लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भने आम निर्वाचनमा प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपा ५ लाख ८५ हजार ९२१ मतसहित राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077