Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेन वार्ताका लागि राखेका शर्त रुसद्धारा अस्वीकार

एजेन्सी । रुसले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन वार्ताका लागि राखेका शर्त अस्वीकार गरेको छ।

‘राष्ट्रपति बाइडेनले पुटिनले युक्रेन छोडेपछि मात्र वार्ता सम्भव छ’, भन्ने आशय राखेर अगाडि सारेका शर्त रुसका लागि स्वीकार्य नरहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका हुन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको भ्रमणको क्रममा राष्ट्रपति बाइडेनले बिहीबार रुसले वास्तवमै युद्ध अन्त्य गर्न चाहेको भए आफू वार्ता गर्न इच्छुक रहेको बताएका थिए।

‘यस युद्धको अन्त्यको लागि एउटा तरिका छ– तर्कसंगत तरिका। त्यो के हो भने रुस युक्रेनबाट बाहिरिने हो’ राष्ट्रपति बाइडेनले उल्लेख गरेका छन्।

पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूलाई भने कि क्रेमलिन कब्जा गरिएको युक्रेनी क्षेत्रहरू छोड्न तयार छैन तर ‘हाम्रो लक्ष्यहरू प्राप्त गर्न वार्ताका लागि खुला छ ।’

पेस्कोभले भने, ‘संयुक्त राज्यले अझै पनि नयाँ क्षेत्रलाई रूसी संघको हिस्साको रूपमा मान्यता दिँदैन।’

‘निस्सन्देह यसले सम्भावित छलफलका लागि केही प्रकारको पारस्परिक आधारको खोजीलाई महत्त्वपूर्ण रूपमा जटिल बनाउँछ’, उनले थपेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077