Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सुकुम्बासी समस्या : महानगर र आयोगबीच द्वन्द्व

    सुकुम्बासी समस्या : महानगर र आयोगबीच द्वन्द्व

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 825
    SHARES

    काठमाडौं । काठमाडौंमा देखिएको सुकुम्बासी समस्या समाधान तथा व्यवस्थापनको विषय पेचिलो बन्दै गएको छ ।

    सुकुम्बासीको व्यवस्थापन तथा तिनीहरू बस्दै आएको सार्वजनिक जग्गा खाली गराई त्यसको संरक्षण गर्ने विषयमा काठमाडौँ महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच द्वन्द्व सुरु भएको छ ।



    महानगरले सुकुम्बासी बस्तीको जग्गा आफ्नो क्षेत्राधिकारभित्र परेको दाबी गर्दै सुकुम्बासी बस्ती खाली गराई सो जग्गाको संरक्षण गर्नुपर्छ भन्ने अडानसहित अगाडि बढिरहेको छ भने राष्ट्रिय भूमि आयोग तत्काल सुकुम्बासी बस्ती खाली गराउन नहुने अडानमा छ ।



    महानगर र आयोगले शुक्रबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी आआफ्नो अडान र तर्क अगाडि सारेका छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणले पनि सार्वजनिक सूचना जारी गरी उपत्यकाभित्रका सार्वजनिक जग्गाको संरक्षणको जिम्मेवारी आफ्नो रहेको भन्दै त्यस्ता जग्गा खाली गर्न गराउन यसअघि नै ३५ दिने सार्वजनिक सूचना जारी गरिसकेको छ ।

    काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले सुकुम्बासीहरू राष्ट्रिय भूमि आयोगको अधिकार क्षेत्र हो भने सुकुम्बासी बस्तीको जग्गा महानगरको अधिकार क्षेत्रभित्र रहेको भन्दै महानगरले त्यहाँको जग्गाको संरक्षण प्रवद्र्धन गर्न आफूहरूले कदम अगाडि बढाएको बताए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार