Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भूमि आयोगले भन्यो – सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाका लागि निवेदन दिनू

    भूमि आयोगले भन्यो – सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाका लागि निवेदन दिनू

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 2.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय भूमि आयोगले विभिन्न जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी लगत संकलन थालेको छ।

    भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा पाउनका लागि निवेदन आह्वान गरेको हो । यसका लागि ३५ दिन भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगले आग्रह गरेको छ ।



    “स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भर्नु पर्नेछ,” आयोगले सूचना जारी गर्दै भनेको छ, “आजदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्नुपर्नेछ ।”



    तोकिएका स्थानहरूमा खटिएका लगत सङ्कलकमार्फत् निवेदन लिइने आयोगले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार