Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भूमि आयोग खारेजीको माग गर्दै ज्ञापनपत्र

    भूमि आयोग खारेजीको माग गर्दै ज्ञापनपत्र

    अनलाइन नेपाल
  • शुक्रबार, २० माघ २०७९
  • 465
    SHARES

    काठमाडौं । सुकुम्बासी समस्या समाधान गर्न नसकेको भन्दै उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले राष्ट्रिय भूमि आयोग खारेजीको माग गरेको छ ।

    काठमाडौं उपत्यकाका नदी किनारमा बसेका सुकुम्बासीलाई हटाउन खोज्दा आयोगले हस्तक्षेप गरेर रोकेको भन्दै त्यसको विरोधमा ताहचलमा रहेको आयोग कार्यालयमा ज्ञापन पत्र बुझाउन गएका समितिका पदाधिकारीले आयोग खारेजीको माग गरेका हुन् ।



    आयोगका पदाधिकारीले बागमती किनारामा बसेका नागरिकको छातिमा डोजर चलाएर बस्ती खाली गर्न नपाउने बताएपछि संघर्ष समिति गठन गरेर आयोगको विरोधमा कार्यक्रम चलाएको हो ।



    उपत्यकाका नदी किनारा खाली गराउने अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिको योजनामा हस्तक्षेप नगर्न समितिले आयोगलाई चेतावनी समेत दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार