Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका तीन एसपी छानबिनमा, आर्थिक अनियमितताको आशंका

काठमाडौं । सशस्त्र प्रहरी बल मुख्यालयले तीनजना एसपीलाई अनुसन्धानका लागि हेडक्वार्टर तानेको छ । आर्थिक अनियमितताको आशंकामा सशस्त्र प्रहरी बलका तीन एसपी हेडक्वार्टर तानिएका हुन् ।

सशस्त्र प्रहरी स्रोतका अनुसार १३ नम्बर गण हेडक्वार्टरका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर पश्चिम नवलपरासीका रुपकुमार क्षेत्री र १२ नम्बर गण हेडक्वार्टरका प्रमुख गणपति राजेन्द्र थापामाथि अनियमितता आरोपमा अनुसन्धान अगाडि बढाइएको छ ।

सशस्त्र प्रहरी मुख्यालयले एसपीद्वय टोपबहादुर डाँगी र उद्धव रावल नेतृत्वका दुई छुट्टाछुट्टै ‘मार्सल टोली’लाई तराईका विभिन्न जिल्लामा छड्केमा पठाएको थियो । सोही मार्सल टोलीको प्रतिवेदनका आधारमा सशस्त्रले तीन जना गणपतिलाई फिर्ता बोलाएर अनुसन्धान अघि बढाएको हो ।

उनीहरु तीनै जनालाई जिम्मेवारीबाट हटाएर कारबाही प्रक्रिया सुरु गरेको छ । यस्तै सीमा नाकाबाट हुने तस्करीमा मिलेमतोको आरोप पनि उनीहरुमाथि छ ।

उनीहरु तीनैजना एसपी सशस्त्रका सिसं २ का ब्याची रहेको बताइएको छ । यस्तै बारा र पर्साका केही बोर्डर आउट पोस्ट (बीओपी) इन्चार्जलाई पनि आन्तरिक अनुसन्धानका लागि फिर्ता बोलाइएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077